स्वास्थ्य र तन्दुरुस्ती

डिप्रेसनका लक्षणको स्वमूल्याङ्कन (PHQ-9)

१८ वर्ष वा सोभन्दा माथिका व्यक्तिका लागि। यो अङ्कले डिप्रेसनको निदान वा तपाईंको सुरक्षाको मूल्याङ्कन गर्न सक्दैन। स्वास्थ्यकर्मीले उत्तर बुझ्न मद्दत गर्न सक्छन्।

तपाईंका उत्तर र अङ्क यही ब्राउजर ट्याबमा रहन्छन्। तिनलाई सुरक्षित गरेर राखिँदैन र सर्भरमा पठाइँदैन।

यो वेबसाइटका लागि अङ्ग्रेजी प्रश्नावलीको अनुवाद गरिएको हो। यो अनुवाद चिकित्सकीय रूपमा प्रमाणित भएको छैन।

पछिल्ला दुई हप्तामा तलका समस्याले तपाईंलाई कति पटक सताए?

1. काम गर्न रुचि वा आनन्द कम हुनु
2. उदास, निराश वा आशाहीन महसुस हुनु
3. निदाउन वा निदाइरहन गाह्रो हुनु, वा धेरै सुत्नु
4. थकान वा ऊर्जा कम भएको महसुस हुनु
5. भोक कम लाग्नु वा धेरै खानु
6. आफूबारे नराम्रो लाग्नु, आफू असफल भएको वा आफू वा परिवारलाई निराश पारेको ठान्नु
7. पत्रिका पढ्दा वा टेलिभिजन हेर्दा जस्ता काममा ध्यान दिन गाह्रो हुनु
8. अरूले थाहा पाउने गरी बिस्तारै चल्नु वा बोल्नु, अथवा बेचैनीले गर्दा सामान्यभन्दा धेरै चल्नु
9. मरेकै राम्रो हुन्थ्यो भन्ने वा आफूलाई कुनै तरिकाले हानि पुर्‍याउने विचार आउनु

अङ्क कसरी निकालिन्छ

हरेक उत्तरको ० देखि ३ सम्म अङ्क हुन्छ। नौ उत्तर जोड्दा कुल अङ्क ० देखि २७ सम्म हुन्छ। बढी अङ्कले लक्षण धेरै पटक देखिएको जनाउँछ।

अङ्कलक्षणको गम्भीरता
0–4अति न्यून
5–9हल्का
10–14मध्यम
15–19मध्यमदेखि गम्भीर
20–27गम्भीर

प्रश्नावली र अङ्कका स्रोत

PHQ-9 developed by Robert L. Spitzer, Janet B. W. Williams, Kurt Kroenke and colleagues.